Tuesday 8 September 2026 / मंगलवार, २३ भाद्र २०८३

काठमाडौं, जेनजी आन्दोलनमा क्षति भएका अधिकांश संरचनाको पुर्ननिर्माण सम्पन्न भएको छ । विभिन्न सरकारी कार्यालयहरु मध्ये वीरेन्द्रनगर नगरपालिकाका सबै वडा कार्यालयहरुको मर्मतसम्भार म्पन्न भएको छ भने प्रदेश सरकारका पनि सामान्य क्षति भएका कार्यालयहरुको मर्मतसम्भार पुरा भएको छ । विषेश गरी कर्णाली प्रदेश सभा, मुख्यमन्त्री निवास र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री निवासको मर्मतसम्भार हुन भने सकेको छैन । आन्दोलनमा क्षति गरिएका नीजि निवासहरु भने मर्मतसम्भार गरिसकिएका छन् । निवर्तमान मुख्यमन्त्री यामलाल कँडेल, काँग्रेस नेता पूर्णबहादुर खड्का, प्रदेश अस्पतालका पूर्व निर्देशक डा. डम्बर खड्का, वीरेन्द्रनगर नगरपालिकाका नगरप्रमूख मोहनमाया ढकाल, उपप्रमूख निलकण्ठ खनालका घरहरु मर्मतसम्भार भएका छन् ।

भदौ २३–२४ गते भएको आन्दोलनमा २३ गते भने खासै क्षति भएन । तर चौविस गते साँझ पाँच बजेपछि मात्रै जलाइएका यी संरचनाको पुर्ननिर्माण नहुँदा कर्णालीप्रदेश सभा अस्थायी रुपमा सामान्य हलमा राखेर सञ्चालन भइरहेको छ भने मुख्यमन्त्री निवास आन्तरिक मामिला तथा कानून मन्त्रालयको निवासमा सारिएको छ ।भदौ २३ र २४ गते कर्णालीमा भएको उक्त आन्दोलनका क्रममा कर्णालीका ५५ भौतिक संरचनामा क्षति पुगेको थियो । आगजनी, तोडफोड र चोरीको कारण भौतिक संरचनामा क्षति पुगेको थियो । आन्दोलनमा संघीय सरकारी कार्यालयतर्फ १ पूर्ण, २ आंशिक र सामान्य ३ गरी ६ कार्यालयमा क्षति पुगेको छ । प्रादेशिक कार्यालयतर्फ ४ पूर्ण र ३ मा आंशिक गरी ७ कार्यालयमा क्षति पुगेको प्रदेश प्रहरी कार्यालय सुर्खेतको तथ्यांक छ ।

यस्तै जिल्ला तथा स्थानीय तहका १८ भौतिक संरचनामा क्षति पुगेको थियो । ७ कार्यालय पूर्ण रुपमा नष्ट भए भने १० मा आंशिक क्षति पुग्यो । १ मा सामान्य क्षति पुगेको थियो । यस्तै ९ निजी भौतिक संरचनामा क्षति भएको प्रहरी विवरणमा उल्लेख छ । ४ निजी भौतिक संरचनामा पूर्ण रुपले क्षति भयो भने ५ मा आंशिक क्षति भएको थियो । १ पूर्ण र २ आंशिक गरि ३ अन्य संघसंस्थाको भौतिक संरचनामा क्षति भएको थियो । यतिमात्रै होईन, विभिन्न दलका राजनीतिक १२ पार्टी कार्यालयका भवनमा क्षति भएको थियो । ७ कार्यालयमा पूर्ण क्षति भयो भने ३ मा आंशिक र २ मा सामान्य क्षति भएको थियो ।कर्णालीका ८० सवारीसाधनमा क्षति हुँदा ४० सरकारी र ६ व्यक्तिगत गरी ४६ दुई पांग्रे सवारीसाधनमा क्षति पुगेको थियो । यस्तै तीन वा सो भन्दा माथिका ३२ सरकारी र २ व्यक्तिगत गरी ३४ सवारीसाधनमा क्षति पुगेको थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय