Wednesday 16 September 2026 / बुधबार, ३१ भाद्र २०८३

काठमाडौं, नेपाल धितोपत्र बोर्डले भदौ १० गतेको भोटेकोशी बाढीबाट प्रभावितको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४ करोड ११ रुपैयाँ सहयोग गरेको छ।

बोर्ड अध्यक्ष डा. गोपाल भट्टसहितको टोलीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई सहयोग रकमको चेक हस्तान्तरण गरेको हो।

भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायत जिल्लाका नदी आसपासका क्षेत्रमा ठूलो जनधनको क्षति भएको थियो। प्रभावित क्षेत्रको उद्धार तथा पुनर्स्थापनाका लागि उद्धार कोषमा सहयोग रकम संकलन भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय