Tuesday 15 September 2026 / मंगलवार, ३० भाद्र २०८३

विपद् जोखिम न्यूनीकरणसम्बन्धी राष्ट्रिय कार्यमञ्च (NPDRR) को बैठकमा रसुवा–भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रको तत्काल पुनर्लाभ, पुनर्स्थापना तथा पुनर्निर्माणका विषयमा विस्तृत छलफल भएको छ।
बैठकमा कार्यमञ्चका सदस्य तथा साझेदार संस्थाका प्रतिनिधिहरूले खोज, उद्धार र राहतमा हालसम्म पुर्‍याएको सहयोगबारे जानकारी गराउँदै आगामी पुनर्लाभ, पुनर्स्थापना तथा पुनर्निर्माणमा आफ्नो निकायबाट गर्न सकिने सहयोगका विषयमा धारणा राखेका थिए।

मञ्चका अध्यक्ष एवं प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले सबै साझेदार संस्थालाई प्राधिकरणको विस्तारित अंगका रूपमा समन्वय गर्दै काम गर्न आग्रह गरेका छन्।

बैठकमा भोटेकोशी बाढीपछि भइरहेको खोज, उद्धार तथा राहतको पछिल्लो अवस्थाबारे प्राधिकरणका उपसचिव रामबहादुर केसीले जानकारी गराएका थिए। विपद्सँग सम्बन्धित मन्त्रालय, विभाग तथा सुरक्षा निकायका उच्च अधिकारीहरूको समेत बैठकमा उपस्थिति थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय