Wednesday 16 September 2026 / बुधबार, ३१ भाद्र २०८३

काठमाडौं, नेपाली बजारमा बुधबार सुन र चाँदी दुवैको मूल्य बढेको छ। मंगलबारको तुलनामा आज छापावाल सुनको मूल्य तोलामा एक हजार सात सय रुपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा तीन लाख एक हजार आठ सय रुपैयाँमा किनबेच भइरहेको छ। मंगलबार सुन तीन लाख एक सय रुपैयाँमा कारोबार भएको थियो।

बुधबार चाँदी तोलामा ८५ रुपैयाँ बढेको छ। मंगलबार प्रतितोला चार हजार ६०० रुपैयाँमा किनबेच भएको चाँदी आज चार हजार ६८५ रुपैयाँ कायम भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय