Wednesday 16 September 2026 / बुधबार, ३१ भाद्र २०८३

काठमाडौं, नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव आफ्नो कार्यकाल पूरा गरी स्वदेश फर्किन लागेका छन् । उमेरहदका कारण परराष्ट्र सेवाबाट अनिवार्य अवकाश हुन लागेका श्रीवास्तव बीचमै स्वदेश फर्किन लागेका हुन् ।

श्रीवास्तवले बुधबार परराष्ट्र सचिव अमृतबहादुर राईसँग बिदाइ भेट गरेका छन् । सो अवसरमा परराष्ट्र सचिव राईले नेपाल(भारत सम्बन्धलाई अझ सुदृढ बनाउन राजदूत श्रीवास्तवले पुर्‍याएको योगदानको प्रशंसा गरे । साथै, ऊर्जा, सीमापार पूर्वाधार र जनस्तरको सम्बन्धका क्षेत्रमा हासिल भएका महत्वपूर्ण प्रगतिमा उनको सक्रिय भूमिकाको सराहना गरे।

राजदूत श्रीवास्तवले नेपालमा आफ्नो कार्यकालका क्रममा प्राप्त सम्पूर्ण सहयोग र सहकार्यका लागि नेपाल सरकार तथा नेपाली जनताप्रति आभार व्यक्त गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय