Thursday 17 September 2026 / बिहीबार, १ आश्विन २०८३

काठमाडौं, रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण बिहीबार बिहान ११ बजेसम्म १ हजार ४०९ जनाको मृत्यु भएको छ।
नेपाल प्रहरीका अनुसार रसुवामा १९९, नुवाकोटमा २०२, धादिङमा ७२, चितवनमा ३६४, गोरखामा ७८, तनहुँमा ३८, नवलपरासी पूर्वमा २३२ र नवलपरासी पश्चिममा २२२ जनाको शव फेला परेको छ। यस्तै, काठमाडौंमा उपचारका क्रममा थप २ जनाको मृत्यु भएको छ।

फेला परेका शवमध्ये आवश्यक प्रक्रिया पूरा गरी हालसम्म १ हजार २३७ शव व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ। शव पहिचानका लागि मृतकका १ हजार २८६ र आफन्तका १ हजार ९४४ गरी कुल ३ हजार २३० वटा डीएनए नमुना संकलन गरिएको छ।
पहिचान हुन बाँकी १ हजार ३६१ शवको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ।

बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण तथा शव व्यवस्थापनका लागि हालसम्म ७ हजार ९७५ प्रहरी कर्मचारी परिचालन गरिएको छ। यस्तै, बाढीपछि ४ हजार ८९ जना अझै बेपत्ता रहेको प्रहरीले जनाएको छ। उनीहरूको खोजी कार्य विभिन्न प्रभावित क्षेत्रमा जारी रहेको छ।

विभिन्न जिल्लामा रहेका होल्डिङ सेन्टरमा हाल २ हजार ३ जना व्यक्तिलाई राखिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय