Monday 21 September 2026 / सोमबार, ५ आश्विन २०८३

काठमाडौं, देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको आंशिक प्रभाव परेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतर्फ रहेको र उत्तर अन्डमान सागर आसपास बनेको नयाँ न्यून चापीय प्रणाली पश्चिम-उत्तरपश्चिमतर्फ सर्दै थप बलियो हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।अहिले देशका अधिकांश भागमा आंशिकदेखि साधारणतया बदली भएको छ। कोशी, बागमती र गण्डकीका पहाडी तथा हिमाली भूभागमा पूर्ण बदली छ भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा साधारणतया बदली छ। मधेस प्रदेशमा आंशिक बदली रहँदा देशका बाँकी भूभागमा मौसम सफा छ। यतिबेला कोशी र बागमतीका थोरै स्थान तथा गण्डकी, लुम्बिनी र कर्णालीका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज सोमबार देशका हिमाली र पहाडी भूभागका साथै मधेस, बागमती र गण्डकीको तराई क्षेत्रमा साधारणतया बदली रहनेछ। कोशी, लुम्बिनी र सुदूरपश्चिमका तराई भूभागमा भने आंशिक बदली हुने महाशाखाले जनाएको छ।कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी भूभागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा वा हिमपात हुनसक्नेछ। मधेससहित कोशी र बागमतीका तराई भूभागमा थोरै स्थान तथा गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराईका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना छ।

विशेष गरी कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय