रसुवा–भोटेकोशी बाढीमा सम्पर्कविहीन भएका व्यक्तिहरूको तथ्यांक यकिन गर्न ७५ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा समितिका सदस्य तथा जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्रका कर्मचारीसँग भर्चुअल छलफल गरिएको छ।
प्राधिकरणका सहसचिव बलराम निरौलाको अध्यक्षतामा भएको छलफलमा सम्पर्कविहीन व्यक्तिहरूको वास्तविक संख्या र विवरण यकिन गर्ने विषयमा गहन छलफल भएको हो।
विशेषगरी सम्पर्कविहीन व्यक्तिहरूको नाम सम्बन्धित जिल्लाका साथै बाढी प्रभावित रसुवा र नुवाकोटमा समेत आफन्तले टिपाएको पाइएकाले दोहोरिएका नाम पहिचान गरी यकिन गर्ने विषयमा छलफल गरिएको थियो।
तथ्यांकमा देखिएको दोहोरोपन हटाउन सम्बन्धित जिल्ला प्रशासन कार्यालयले आ–आफ्नो जिल्लामा विवरण रुजु गरी ‘सेतु एप’मा प्रविष्ट गर्ने सहमति भएको छ।



