Tuesday 22 September 2026 / मंगलवार, ६ आश्विन २०८३

काठमाडौं, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रीय कार्यसंयोजन समितिको बैठक बोलाएका छन्। केन्द्रीय कार्यालय पेरिसडाँडामा अपराह्न १ बजे बस्ने गरी बैठक आह्वान गरिएको पार्टीका प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिए।

बैठकमा देशको पछिल्लो विकसित राजनीतिक घटनाक्रमका साथै पार्टीको राष्ट्रिय महाधिवेशनको नयाँ कार्यतालिकाबारे गहन छलफल हुनेछ। यसबाहेक भोटेकोशीमा आएको बाढीपछिको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि सरकारले गरिरहेका प्रयास र भावी कदमका विषयमा पनि बैठकमा समीक्षा गरिने प्रवक्ता ज्वालाले बताए। नेकपाले आगामी मङ्सिर ११ देखि १५ गतेसम्म काठमाडौँमा राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरे पनि यसअघि तय गरिएका तल्ला तहका अधिवेशन तथा सदस्यता नवीकरणका तालिका प्रभावित भइसकेका छन्।

पूर्वकार्यतालिका अनुसार गत साउन मसान्तसम्म सदस्यता नवीकरण तथा विस्तार अभियान सम्पन्न गरी भदौ १५ भित्र वडा र भदौ मसान्तभित्र पालिका अधिवेशन सक्नुपर्ने थियो। तर भदौ मसान्त बितिसक्दा पनि सदस्यता नवीकरणकै काम पूरा हुन नसकेपछि असोज मसान्तभित्र जिल्ला र कात्तिक १५ भित्र प्रदेश अधिवेशन गर्ने पूर्वयोजना समेत प्रभावित बनेको छ। अघिल्लो कार्यतालिका तालिका अनुसार काम अघि बढ्न नसकेकाले आजको बैठकले महाधिवेशनको संशोधित नयाँ कार्यतालिका तय गर्नसक्ने जनाइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय