Monday 12 October 2026 / सोमबार, २६ आश्विन २०८३

नेपाल प्रिमियर लिग (एनपीएल)को फ्रेन्चाइज टोली विराटनगर किङ्सले ‘ड्रिम टु प्ले’ यू–२३ टी–२० क्रिकेट प्रतियोगिताबाट पाँच जना युवा खेलाडीलाई टोलीको तयारी क्याम्पका लागि छनोट गरेको छ।

छनोट भएका खेलाडीहरू अमर यादव, धवन साहनी, आयुष न्यौपाने, कबिराज खत्री र नेपाल यू–१६ का खेलाडी सुयोग भट्टराई रहेका छन्।

उनीहरू आगामी सेप्टेम्बर २९ देखि भारतको उत्तर प्रदेशस्थित पूर्वाञ्चल क्रिकेट एकेडेमी, गोरखपुरमा आयोजना हुने विराटनगर किङ्सको तयारी क्याम्पमा सहभागी हुनेछन्।

क्याम्पका क्रममा पाँचै खेलाडीले विराटनगर किङ्सका अन्य खेलाडीहरूसँगै प्रशिक्षण गर्ने अवसर प्राप्त गर्नेछन्। प्रशिक्षण तथा अभ्यासका क्रममा उनीहरूको प्रदर्शन, क्षमता, अनुशासन र सम्भावनालाई टोलीका प्रशिक्षकले नजिकबाट मूल्यांकन गर्नेछन्।

यी पाँच खेलाडीमध्ये एक जनालाई विराटनगर किङ्सको ‘आइकोनिक प्लेयर’ का रूपमा छनोट गरिनेछ।

विराटनगर किङ्सले ‘ड्रिम टु प्ले’ कार्यक्रममार्फत कोशी प्रदेशका ग्रासरुट स्तरका प्रतिभाशाली युवा क्रिकेटरलाई पहिचान गरी व्यावसायिक क्रिकेटको मञ्च प्रदान गर्ने उद्देश्य लिएको जनाएको छ। ‘ड्रिम टु प्ले’बाट किङ्सको तयारी क्याम्पसम्मको यात्रा युवा प्रतिभाका लागि ठूलो अवसर भएको विराटनगर किङ्सले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय