Friday 25 September 2026 / शुक्रबार, ९ आश्विन २०८३

काठमाडौं, गायक तथा मोडल रेशम नेप्किङको अभिनय तथा स्वर रहेको बहुप्रतीक्षित म्युजिक भिडियो ‘पान मिठो कलकत्ताको’ सार्वजनिक भएको छ।

चर्चित नायक पल शाह र रेशम नेप्किङको आकर्षक अभिनय रहेको यस भिडियोमा प्रमिता राजघताने र करुणा तामाङको समेत अभिनय रहेको छ। पल शाह र रेशम नेप्किङको जोडीलाई भिडियोमा विशेष रूपमा प्रस्तुत गरिएको छ। रेशम नेप्किङको स्वर तथा अभिनय रहेको ‘पान मिठो कलकत्ताको’ मा उनलाई गायिका शान्तारानी परियारले स्वरमा साथ दिएकी छन्। गीतका शब्द तथा संगीत सङ्गम पौडेलको रहेको छ।

भिडियोको निर्देशन तथा कोरियोग्राफी विक्रम चौहानले गरेका छन्। सम्पादन तथा रङ संयोजन मिलन विश्वकर्मा, ध्वनि संयोजन एचबीएन किस्मत तथा पोशाक डिजाइन भ्यालेन्टियोको रहेको छ।

पल शाह र रेशम नेप्किङको अभिनयसँगै रेशम नेप्किङको स्वर र प्रस्तुतिले सजिएको ‘पान मिठो कलकत्ताको’ भिडियो Resham Nepking Official युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।भिडियो सार्वजनिक भएसँगै निर्माण टिमले सम्पूर्ण दर्शक तथा श्रोताहरूलाई भिडियो हेरेर माया, साथ, प्रतिक्रिया तथा सुझाव दिन हार्दिक अनुरोध गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय