चितवनको भरतपुर महानगरपालिका–१ स्थित नारायणी नदी किनारका बस्तीमा बाढी पसेपछि स्थानीय सुरक्षित स्थानतर्फ सर्न थालेका छन्।

घरभित्रै पानी पसेपछि अत्यावश्यक सामानसमेत सार्न नपाई उनीहरू घर छाड्न बाध्य भएका छन्। ज्यान जोगाउन भन्दै कोही आफन्तको शरणमा पुगेका छन् भने केही स्थानीय कहाँ जाने भन्ने अन्योलमा छन्।



