Monday 28 September 2026 / मंगलवार, १३ आश्विन २०८३

काठमाडौं, राष्ट्रिय महिला क्रिकेटर मनीषा उपाध्यायलाई ‘लेट रमा देवी मेमोरियल क्रिकेट कप’ले ६० हजार रुपैयाँ बराबरको क्रिकेट सामग्री प्रदान गर्दै सम्मान गर्ने घोषणा गरेको छ।

नेपाली महिला क्रिकेटमा निरन्तर उत्कृष्ट प्रदर्शन गर्दै राष्ट्रिय टोलीमा योगदान पुर्‍याउँदै आएकी मनीषाको मेहनत, समर्पण र खेलक्षेत्रमा गरेको योगदानको कदरस्वरूप सम्मान गर्न लागिएको आयोजकले जनाएको छ।

पत्रकार सम्मेलनमार्फत सम्मानको घोषणा गर्दै आयोजकले राष्ट्रिय टोलीसम्म पुगेर आफ्नो स्थान बनाउन मनीषाले गरेको संघर्ष र निरन्तर मेहनत प्रेरणादायी रहेको बताएको छ। क्रिकेट सामग्रीले उनको आगामी खेलयात्रामा थप सहयोग पुग्ने आयोजकको विश्वास छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय