Tuesday 29 September 2026 / मंगलवार, १३ आश्विन २०८३

काठमाडौं, हाल देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेकाले मुलुकका विभिन्न भागमा मौसममा आंशिक बदली आएको छ।

विभागका अनुसार आज दिउँसो देशभर आंशिक बदली रहनेछ। यसका प्रभावले देशका हिमाली तथा पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाका साथै हिमपातको सम्भावना रहेको छ। हाल हिमाली भूभागमा आंशिक बदली रही पहाडी तथा तराईका क्षेत्रमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहेको छ।

राति भने देशका हिमाली र पहाडी भूभागमा आंशिक बदली रहने भए पनि तराईका अधिकांश क्षेत्रमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय