Monday 5 October 2026 / सोमबार, १९ आश्विन २०८३

काठमाडौं, नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता तथा समाजसेवी सुनिल केसीले श्रमिक कोटाबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने तयारी गरेका छन्।
काठमाडौं क्षेत्र नं. ४ अन्तर्गत मजदुर क्लस्टरबाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित केसीले श्रमिक वर्गका समस्या र आवाजलाई पार्टीको नेतृत्व तहसम्म पुर्‍याउने लक्ष्यसहित उम्मेदवारी अघि बढाएका हुन्।

सुरक्षा क्षेत्र, व्यवसाय तथा समाजसेवामा लामो समयदेखि सक्रिय केसीले करिब एक दशकको अवधिमा २ हजारभन्दा बढी श्रमिकलाई रोजगारीसँग जोडेको बताइएको छ। श्रमिकको सम्मान, रोजगारीको सुरक्षा र नयाँ अवसर सिर्जना गर्न राजनीतिक तहबाटै प्रभावकारी पहल आवश्यक रहेको उनको भनाइ छ।

श्रमिकलाई देशको आर्थिक विकासको महत्वपूर्ण आधारका रूपमा व्याख्या गर्दै केसीले उनीहरूका मुद्दा नीति निर्माणको केन्द्रमा आउनुपर्नेमा जोड दिएका छन्। साथै, राजनीतिमा युवाको सहभागिता बढाउँदै संगठनलाई थप सुदृढ बनाउन आफूले भूमिका खेल्ने बताएका छन्।

महाधिवेशन प्रतिनिधिहरूसँग समर्थनको आग्रह गर्दै केसीले आगामी दिनमा राजनीति र समाजसेवालाई सँगसँगै अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय