Wednesday 7 October 2026 / बुधबार, २१ आश्विन २०८३

काठमाडौं, यस वर्षको बडादसैँको टीकाको उत्तम साइत बिहान १०:२६ बजे रहेको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले सार्वजनिक गरेको बडादसैँको शुभसाइतअनुसार विजयादशमी तथा देवी विसर्जन कात्तिक ३ गते मङ्गलवार परेको छ। सोही दिन बिहान १०:२६ बजे टीकाको साइत निर्धारण गरिएको समितिले जनाएको छ।

समितिका अनुसार यस वर्षको नवरात्रारम्भ तथा घटस्थापना असोज २५ गते आइतबार बिहान ११:४७ बजे रहेको छ। फूलपाती असोज ३१ गते शनिवार बिहान ७:३७ बजे, महाष्टमी कात्तिक १ गते आइतबार बिहान १०:३९ बजे र महानवमी कात्तिक ३ गते मङ्गलवार परेको छ। विजयादशमीका दिन टीका लगाइमाग्ने व्यक्ति पश्चिम मोहडा गरेर (पश्चिम फर्केर) बस्नुपर्ने समितिले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय