Wednesday 7 October 2026 / बुधबार, २१ आश्विन २०८३

काठमाडौं, नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कृष्णबहादुर केसीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका छन् । उनले खस–आर्य खुलातर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका हुन् ।

केसीले पार्टीको नीति, संगठन सुदृढीकरण तथा लोकतान्त्रिक मूल्य–मान्यतालाई थप मजबुत बनाउँदै नेपाली कांग्रेसलाई जनमुखी र प्रभावकारी राजनीतिक शक्तिका रूपमा अघि बढाउन आफ्नो उम्मेदवारी रहेको बताएका छन् ।

उनले पार्टीको संगठनलाई थप सुदृढ, समावेशी र गतिशील बनाउँदै कार्यकर्ताको भावना तथा अपेक्षालाई सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खस–आर्य खुला समूहको केन्द्रीय सदस्य पदका लागि केसीको मतपत्र क्रम संख्या ५ रहेको छ ।केसीले महाधिवेशन प्रतिनिधिहरूलाई आफ्नो पक्षमा मतदान गरी सहयोग गर्न आग्रह गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय