Monday 12 October 2026 / सोमबार, २६ आश्विन २०८३

काठमाडौं, प्रधानमन्त्री वालेन्द्र शाह सेनापछि प्रहरीको कार्यक्रममा सहभागी भएका छन् । उनी सोमबार राष्ट्रिय प्रहरी प्रतिष्ठान महाराजगञ्जमा आयोजित प्रहरी निरीक्षक दीक्षान्त समारोहमा सहभागी भई सम्बोधन गरेका छन् । शाहले कुनै पनि पेसागत सफलताका लागि पहिलो मानक नैतिकता, निष्ठा र इमानदारिता आवश्यक रहेको बताएका छन्। उनले तालिममा सिकेको सिकाइलाई पूर्ण रूपमा आत्मसात् गर्न र व्यवहारमा उतार्न दीक्षित हुने सबैलाइ निर्देशन दिए।

‘पेसागत आचरण र अनुशासन कायम गर्दै, संविधान, प्रचलित कानुन, नियम, कार्यविधि र मापदण्डको सही रूपमा पालना गर्नु(गराउनु व्यक्तिको पेसागत सफलता रक्षा गर्न अहं आवश्यकता पर्दछ। जिम्मेवारीप्रति जवाफदेहिता पनि महत्त्वपूर्ण पक्ष हो। प्रहरी सेवामा आबद्ध रहँदै गर्दा यी कुरालाई कार्यान्वयन गर्नुहोला,’ उनले भने ।

शाहले सधैँ अग्रभागमा उभिएर देशमा निरन्तर शान्ति सुरक्षा कायम गर्ने, अपराध अनुसन्धान गर्ने र कुनै पनि स्वतन्त्रताको राष्ट्रिय रूपमा सही ढंगको रक्षा गर्ने जिम्मेवारी नेपाल प्रहरीको काँधमा बताए। ‘यो महत्त्वपूर्ण जिम्मेवारी निभाउँदा कुनै पनि किसिमको अनुचित प्रभावमा नपरी भेदभाव नगरी आफ्नो कर्तव्यमा कटिबद्ध रहनुहोला। एकलभावले आफ्नो भूमिका र संस्थाको गति चल्दैछ भन्ने पाटोलाई बुझेर नागरिक भावनाअनुरूप काम गर्नुपर्छ,’ उनले भने ।

आफ्नो संगठनमा पूर्णप्रतिबद्ध भई सहयोग र सहकार्यसँगै संलग्न रहन आग्रह गर्दै प्रधानमन्त्री शाहले सूचना प्रविधिको प्रयोगले कामलाई छिटो, छरितो, सहज र पारदर्शी तुल्याउन सकिने मात्र नभई समयको बचत, समयमै अपराधको अनुसन्धान र समयै घटनालाई नियन्त्रण गर्न सकिने धारणा व्यक्त गरे।

प्रधानमन्त्री शाहले दीक्षित भएका प्रहरीहरुलाई बधाई ज्ञापन गर्दै उज्ज्वल भविष्य र सफलताको कामना गरे। उनले प्रहरी सेवामा आबद्ध निरन्तर प्रेरित गर्ने परिवारजनप्रति पनि विशेष आभार व्यक्त गरे। समारोहमा ७९ जना प्रहरी निरीक्षक दीक्षित भएका थिए।

प्रधानमन्त्री बनेलगत्तै उनी नेपाली सेनाको कार्यक्रममा सहभागी भएर सम्बोधन गरेका थिए । अहिले अर्को सुरक्षा निकाय प्रहरीको कार्यक्रममा बालेन सहभागी बनेका छन् । तर अन्य सार्वजनिक कार्यक्रममा भने बालेन उपस्थित हुँदैनन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय