Monday 12 October 2026 / सोमबार, २६ आश्विन २०८३

काठमाडौं, साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार झिनो अंकले बढेर बन्द भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) चार अंकले बढेर २५९५.८१ अंकमा उक्लेको छ ।

नेप्से बढे पनि कारोबार रकम भने घटेको छ । अघिल्लो कारोबार दिन अर्थात् शुक्रबार चार अर्ब ८३ करोड ७७ लाख बराबरको सेयर कारोबार भएको थियो । आज ३५४ स्टकको ४९ हजार सात सय ९९ पटकको कारोबारमा एक करोड २७ लाख आठ हजार कित्ता सेयर किनबेच हुँदा चार अर्ब ४६ करोडभन्दा बढीको कारोबार भएको छ ।

सोमबार सबैभन्दा बढी कुमारी बैंकको २५ करोडभन्दा बढीको सेयर कारोबार भएको छ । त्यसपछि घलेम्दी हाइड्रको १९ करोड ८० लाख, साहस ऊर्जाको १९ करोड ७३ लाख बराबरको सेयर कारोबार भएको छ ।

आज धौलागिरी लघुवित्त कम्पनीको सेयर सकारात्मक सर्किट लागेको छ । कम्पनीको सेयर १४.९९ अंकले सेयरमूल्य बढेको छ । त्यस्तै, स्नो रिभर्स लिमिटेडको १३ ९२ अंकले सेयरमूल्य बढेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय