Sunday 20 June 2021 / आईतवार, ६ असार २०७८

काठमाडौं, लामो समयदेखि अष्ट्रेलियामा बसोबास गर्दै आइरहेका गायक राज के गोस्वामी नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । ‘हिमालै राम्रो हिउँले’ बोलको गीतको भिडियोलाई पूर्ण रुपमा भिएफएक्स प्रविधिमा तयार पारिएको छ । ‘कोशिश–२’ शीर्षकको एल्बममा समावेश भएको यो गीतमा विक्रम थापाको, सुमन कुँवरको शब्द रचना रहेको छ भने सन्दिप कार्र्कीले संगीत संयोजन गरेका छन् । सो भिडियोमा बिजेश पौडेल तथा पूजा धामीले मुख्य रुपमा अभिनय गरेका छन् भने भिडियो निर्देशक पनि बिजेश पौडेल नै हुन् भने भिएफएक्स तथा सम्पादन पनि उनैले गरेका हु्न् । निशा पौडेलद्वारा छायांकन गरिएको उक्त भिडियोलाई नेपाली टचले प्रस्तुत गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय