Thursday 18 April 2024 / बिहीबार, ६ बैशाख २०८१

काठमाडौ, नेपाली पप सांगीतिक क्षेत्रका कहलिएका गायक भीम तुलाधरको ‘दोष’ शीर्षकको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । जुममार्फत गरिएको भर्चुअल कार्यक्रमका वीच नेपालका पप सम्राट मानिएका वरिष्ठ गायक ओमविक्रम विष्टले गीतको लोकार्पण गरेका थिए । म्यूजिक भिडियो गायक तुलाधरकै युट्युब च्यानलमार्फत गीत सार्वजनिक गरिएको हो । गायक तुलाधरकै संगीत रहेको सो गीतमा कविन्द« शाक्य र ओम हरि श्रेष्ठको शब्द रचना रहेको छ । म्यूजिक भिडियोको परिकल्पना तथा निर्देशन रवि सायमिले गरेका हुन् । भवानी शिलाकारको छायाङ्कन निर्देशनमा ड्रोन पाइलट प्रशन्न महर्जनले ड्रोन चलाएका छन् । भिडियोमा मोडलद्वय निरोज शाक्य र आराध्यलक्ष्मी खड्गीको अभिनय हेर्न सकिन्छ । गीतमा कोरियोग्राफरको काम पनि आराध्यलक्ष्मीले नै गरेकी छिन् ।
कार्यक्रममा बोल्दै पप सम्राट विष्टले ‘दोष’ गीतको अडियोको साथमा म्यूजिक भिडियोसमेत निकै उत्कृष्ट बनेको विचार राख्दै सफलताको शुभकामना दिनुभयो । नेपाली पप संगीत क्षेत्रको स्तर कायम राखीराख्न तुलाधरको ठुलो योगदान रहेको चर्चा विष्टले गर्नुभयो । गायक तुलाधरले आफुले निकै मेहनत लगाएर गीत बनाएको जानकारी दिँदै अब गीतको मूल्याङ्कनको जिम्मा दर्शक र श्रोतालाई दिएको बताउनुभयो । २०४८ सालमा पहिलो पटक जिजिविषा एल्बममा प्रकाशन हुँदा सो गीतलाई भुपालमान सिंहले अरेंज गरेका थिए भने अहिले गीतलाई भुपेन्द्र बज्राचार्यले रिएरेज गरेका छन् । जुममार्फत गरिएको भर्च्युअल कार्यक्रममा गायक तथा गितारिस्ट ज्योति घिमिरे, जेम्स प्रधान, संजय श्रेष्ठले गीत निकै उत्कृष्ट बनेको भन्दै सफलताको शुभकामना दिए । म्यूजिक भिडियोको संवादमा एक समय हिट्स एफ. एम. का चर्चित आर.जे.हरु रवि श्रेष्ठ र रीता लिम्बुको साथमा भक्तपुर एफ. एम.की आर.जे. प्रतिना राई र चर्चित गायक जेम्स प्रधानसमेतले आवाज दिएका छन् ।

Share This Post

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय