Friday 29 March 2024 / शुक्रबार, १६ चैत्र २०८०

अमेरिका बसोबास गर्दै आएका नेपाली युवतीहरुमा लक्षित सौन्दर्य प्रतियोगिता मिस नेपाल नर्थ अमेरिकाको २०२१ को संस्करण अगाडि बढेको छ । प्रतियोगिताको अफिसियल कोरियोग्राफरका रुपमा मिस नेपाल २०१० की विजेता सदिक्षा श्रेष्ठलाई अनुबन्ध गरिएको छ । प्रतियोगिताको यस अघिका दुई वटा संस्करणका कोरियोग्राफर पनि सदिक्षा नै थिइन् ।
यस पटकको संस्करणका सहभागिहरुलाई ग्रुमिङ गर्ने कार्यमा अफिसियल मेन्टरका रुपमा मिस नेपाल वल्र्ड २०१८ श्रृङ्खला खतिवडा र अफिसियल ट्रेनरका रुपमा मिस नेपाल युनिभर्स २०१८ मनिता देवकोटालाई समावेश गरिएको छ । नेपाली कला, संस्कृति, फेसनलाई अन्तर्राष्ट्रिय मंचमा विस्तार गर्दै अमेरिकामा बसोबास गर्दै आएका नेपाली युवतीहरुको प्रतिभा, व्यक्तित्व र आत्मविश्वासलाई अझ निखार्ने र तिखार्ने उद्देश्य अनुरुप थालनी भएको यो प्रतियोगितालाई नेपाली अमेरिकन शैलश श्रेष्ठले स्थापना गरेको अमेरिका स्थित ड्रिम्स युनिभर्सल एलएलसीले आयोजना गर्दै आएको छ । प्रतियोगितामा सहभागि हुन चाहनेहरुले यही जुन १५ तारिखसम्ममा आवेदन भरिसक्नुपर्ने जनाइएको छ । प्रतियोगिताको फाइनल प्रतिस्पर्धा आउँदो अगष्ट ७ तारिखका लागि तय गरिएको छ । मिस नेपाल नर्थ अमेरिकाको रुपमा यस अघि मोनिका घले र श्रीया गजुरेल चयन भएका थिए ।

Share This Post

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय