Monday 31 August 2026 / सोमबार, १५ भाद्र २०८३

काठमाडौँ- नेकपा (एमाले) स्थायी कमिटीको आज बस्ने भनिएको बैठक स्थगन भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न ४ः०० बजे बस्ने भनिएको बैठक स्थगन भएको हो । स्थगन गरिएको बैठक कहिले बस्ने भनी तोकिएको छैन ।

एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले अर्को सूचना नभएसम्मका लागि बैठक स्थगन गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार बैठकबारे थप आन्तरिक गृहकार्य गर्नुपरेकाले स्थगन गरिएको हो । बुधबार अपराह्न ४ः०० बजे बोलाइएको बैठक आजका लागि सारिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय