Sunday 20 June 2021 / आईतवार, ६ असार २०७८

काठमाडौं, हाम्रो जस्तो विकासोन्मुख नेपा्ली समाजमा व्यक्तिको यौनिकता र लैङ्गिक विभेदका बारेमा जहाँ खुलेर चर्चा हुनुपर्ने हो त्यहीं यो विषयलाई दबाएर, लुकाएर राख्ने गरेको अभ्यास देख्न पाइन्छ । यही विषयवस्तुमा केन्दि«त जनचेतनामूलक म्युजिक भिडियोको निर्माण पूरा विभिन्न युट्युब च्यानल मार्फत् सार्वजनिकिकरण गरिएको छ । मिस नेपाल इन्टरनेसनल २०१८ का विजेता रोनाली अमात्य र मोडल अभिनेता पोशन शर्माको मुख्य अभिनय रहेको यो म्युजिक भिडियोको स्क्रिप्टिङ तथा निर्देशन डिजे सन्तोषले गरेका हुन् भने भिडियोका अवधारणा अनु विष्टले तयार पारेकी हुन् । भिडियोमा भोला शाह, पवित्रा कार्की, शुभम् चौधरी र रुबिना तामाङको पनि अभिनय देख्न सकिन्छ । विनोद दिल लामा र जमुना सिटौलाको शब्द रचना, रोशन थापाको संगीत रहेको उक्त गीतमा रोशन थापा र श्रुति सिंहको स्वर सुन्न सकिन्छ । उक्त गीतको भिडियो छायाँकन अनिश स्याङ्देनले गरेका हुन् भने सम्पदान सुनिलले गरेका छन् । हालै मात्र उक्त गीतको एक साथ नेपाल परिवार नियोजन संघ, धुर्मुस सुन्तली, रोनाली अमात्य, पोशन शर्मा तथा रुबिनाज् भ्लग मार्फत् सार्वजनिक गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय