Sunday 20 June 2021 / आईतवार, ६ असार २०७८

मकवानपुर- बाग्मती प्रदेशको मन्त्रिपरिषद्को आजको बैठकले प्रदेश सरकारद्वारा आगामी आर्थिक वर्ष २०७८÷०७९ को लागि प्रदेशसभामा प्रस्तुत हुने सरकारको नीति तथा कार्यक्रमलाई स्वीकृत गरेको छ ।
बैठकले सरकारको नीति कार्यक्रम तथा बजेटको प्राथमिकताको सम्बन्धमा छलफल गरी निर्णय गरिएको प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेलले बताउनुभयो ।
उहाँका अनुसार यही जेठ २७ गते अपराह्न ३ बजे बस्ने प्रदेशसभाको बैठकमा प्रदेशप्रमुख विष्णुप्रसाद प्रसाईले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय