काठमाडौं- नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले निर्धारित मितिमा पार्टीको महाधिवेशन गर्न पूर्ण प्रतिवद्ध रहेको बताएका छन् । बुधबार पेस वक्तव्य जारी गर्दै देउवाले महाधिवेशनको विषयलाई लिएर कसैले पनि भ्रममा राख्ने वा भ्रममा रहने काम गर्न नहुने बताए ।
काँग्रेसले आगामी भदौँ ७-१० गतेका लागि १४ औं महाधिवेशनको मिति तोकेको छ । सोही कार्यतालिका अनुसार क्रियाशील सदस्यताबारे काम सम्पन्न नभएपछि काँग्रेस नेताहरुले महाधिवेशन हुने आशंका व्यक्त गर्न थालेका थिए ।
यसलाई प्रस्ट पार्दै देउवाले विज्ञप्तिमा लेखेका छन्, ‘२०७८ साल भाद्र महिनामा पार्टीको महाधिवेशन हुन्छ । म यसमा पूर्ण प्रतिवद्ध छु ।


