Sunday 20 June 2021 / आईतवार, ६ असार २०७८

धनुषा- कमला युवा संजालले कोभिड १९ लाई मध्यनजर गर्दै जनचेतना अभियान सम्पन्न गरेको छ । कमला नगरपालिकाको सबै वडामा युवाहरु पुगेर माक्स र सेनिटाइजर वितरण गरेको छ र आज जनचेतना मुलक कार्यक्रम सम्पन्न गरेको छ।

कमला युवा संजालको पदाधिकारी तथा सदस्यहरुले गाउँ वस्तीमा पुगेर कोरोना महामारी सम्बन्धि जनचेतना फैलाएका छन् । संजालले दश हजार मास्क, ६०० हात धुने साबुन वितरण गरेको छ । जनचेतना कार्यक्रममा सहयोग गरेका दाता महेस मण्डल , सकल साह , जुगल किसोर यादब , रुपि यादब , वडा न २ का वडा अध्यक्ष धनेस्वर यादब , कमला बचाउ अभियानका संयोजक बिक्रमा यादब र उदय गोइतलाई कमला युवा संजालेले धन्यवाद दिएको छ ।

साथसाथै रोजगारीको सिलसिलाले बिदेशमा रहि संजाललाई सहयोग गरेका कमला नगरपालिकाको सम्पुर्ण युवालाई संजालले धन्यवाद दिएको छ । संजालले कोभिड १९ महामारी विरुद्धमा बिरुद्ध क्विक रेसपोनस टिम तैयार पारेको छ । कोरोना लागेका वा लक्षण देखा परेकाहरुका लागी टिमले डाक्टरहरुको टोली बनाएका छन । संजालद्वारा संचालित टिमले निशुल्क परामर्शको व्यवसथा समेत गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय