काठमाडौं, रुला अवार्डस्को सहकार्यमा संचालन भएको एशियाको नम्वन् वन् ब्रान्ड एण्ड एक्सिलेन्स अवार्ड मानिएको एशिया अवार्डस्मा नेपालको फेसन डिजाइनिङ अध्यापन गराउने संस्था सेन्ट्रल फेसन हब पुरस्कृत भएको छ । सो अवार्डमा सेन्ट्रल फेसन हब, एशियाज् वेष्ट फेसन डिजाइनिङ इन्स्टिच्युट अवार्डबाट पुरस्कृत भएको हो । उक्त अवार्ड संस्थाका संस्थापक निर्देशक नविन लुईंटेललाई प्रदान गरिएको हो । पोशाक महासंघ नेपाल र नेपाल फेसन डिजाइनर संघका अध्यक्ष समेत रहेका नविनले यस अघि इन्टरनेसनल इन्डिजिनियस आर्टस् एण्ड फेसन अवार्डस् २०२० मा फेसन इन्फ्लुएन्सर अफ द इयर अवार्ड प्राप्त गरेका थिए । एशिया अवार्डस् जित्न सफल सेन्ट्रल फेसन हबले फेसन एण्ड अपरेल डिजाइनमा एक वर्षे डिप्लोमा कोर्षका साथै फेसन डिजाइनिङमा अन्य सर्ट टर्म कोर्ष पनि अध्यापन गराउँदै आएको छ । ललितपुरको कुपण्डोल बाहेक सेन्ट्रल फेसन हब पोखरा, हेटौंडा, उर्लाबारी र विर्तामोडमा विस्तारित रहेको छ ।


