काठमाडौं, कोरोनाभाइरस कोभिड १९ को दोस्रो लहरको जोखिम बढेसंगै नेपाल सरकारले काठमाडौं उपत्यका संगै देशैभर निषेधाज्ञा जारी गरेको छ । यसको प्रत्यक्ष असर असाहय, वृद्ध वृद्धा, गरिब अशक्त एवं सडक बालबालिकामा परेको छ । रोगको त्रास संगै भोकको समस्यामा परेका यो वर्गको गाँसको समस्यामा केही राहत पुगोस् भन्ने हेतुले आरके मिस ग्राण्ड मिस नेपालले अग्रसरता देखाएको छ । जस अन्तर्गत लकडाउन प्रारम्भ भए यता देखि नै आरके मिस ग्राण्ड नेपालको आायेजना संग सम्बन्धीत व्यक्तिहरु सक्रिय रहँदै आएका छन् । 
दैनिक रुपमा २५० देखि ३०० जना सम्म सडक बालबालिक तथा असाहयहरुलाई खाना खुवाउने कार्यमा आफूहरु सक्रिय रहेको सो आयोजनाका प्रमुख लक्की राम के.सी.ले जानकारी दिएका छन् । यस बाहेक निम्न वर्गका एकल महिलाहरु त्था अनाथलायमा पनि खाद्यन्न सहयोग गरिरहेको उनको भनाई छ । प्रारम्भमा आफूहरु मात्र यस कार्यमा रहेको भए पनि अन्य मनकारीहरुले आफू साथ दिएको उनले बताए । आर के मिस ग्राण्ड नेपालको सडक बालबालिका, निम्न वर्गका एकल महिला र असाहयहरुलाई खाद्यन्न तथा निःशूल्क खाना वितरण गर्ने कार्यमा राजु श्रेष्ठ, किशन राज सिंह, प्रकाश कुँवर,राम बहादुर ठकुरी,च्याङ्बा तामांङ्, निरु श्रेष्ठ,अम्बिका अर्याल केसी,आनी भिम सोवा गुरुङ लगायतका व्यक्तिहरुको योगदान रहँदै आएको छ ।


