
काठमाडौं । सरकारको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरेसँगै सत्तारुढ नेकपाको भातृ संगठन अनेरास्ववियू सरकारको कदमको विरोधमा सडकमा उत्रिएको छ । अनेरास्ववियूको प्रचण्डमाधव पक्षले सडक आन्दोलन गरेको हो ।
अनेरास्ववियूले आज काठमाडौंको माइतीघर मण्डलामा लाल्टिन जुलुस गरेको छ । दिउँसोको समयमा लाल्टिन बालेरै खोज्दा पनि संविधानमा संसद विघटनको धारा नभेटिएको भन्दै उसले विरोध गरेको हो । ‘संसद विघटनको धारा खोइ ? दिउँसै लाल्टिन बालौँ है’ भन्दै नारा लगाएका छन् ।
यसअघि मंगलबार अनेरास्ववियू प्रचण्डमाधव समूहले पत्रकार सम्मेलनमार्फत चरणवद्ध आन्दोलनको घोषणा गरेको थियो ।