Friday 30 July 2021 / शुक्रबार, १५ श्रावण २०७८

किमाथाङ्का, सङ्खुवासभाको खाँदबारी नगरपालिका –८ का सन्तोष श्रेष्ठले निषेधाज्ञाका बीच बेहुलीलाई आफैले मोटरसाइकलमा चढाएर घरमा भित्र्याएका छन् । धर्मदेवीको आँखीभूईँबाट ती बेहुला–बेहुली मोटरसाइकलमा खाँदबारी फर्किएका हुन् ।

बेहुला सन्तोषले धर्मदेवी नगरपालिका –७ की चन्द्रिका श्रेष्ठसँग विवाह गर्नुभएको हो । विवाहमा अन्य कुनै तडकभडक देखिएन ।

कोभिड–१९ का कारण १५ जनाभन्दा बढी उपस्थित हुन जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाले रोक लगाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय