Friday 27 January 2023 / शुक्रबार, १३ माघ २०७९

एजेन्सी – इंग्लिस फुटबल लिग (इएफएल) कपमा म्यानचेस्टर सिटीले म्यानचेस्टर युनाइटेडलाई हराउदै फाइनलमा प्रवेश गरेको छ ।

म्यानचेस्टर युनाइटेडको घरेलु मैदानमा ओल्डट्राफडमा बुधबार भएको खेलमा सिटीले युनाइटेडलाई २-० ले हराएको हो ।

जोन स्टोन र फर्नाडिन्होले गोल गरेपछि सिटीले युनाइटेडलाई उसकै मैदानमा हार चखाएको हो । अघिल्लो सिजन सिटीले युनाइटेडलाई समग्रमा ३–२ पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो ।

पहिलो हाफ बराबरी भएको खेलमा ५०औं मिनेटमा जोन स्टोन्स र ८३औं मिनेटमा फर्नाडिन्होले गोल गर्दै सिटीलाई विजयी बनाएका थिए ।

अब सिटीले उपाधिका लागि २५ अप्रिलमा प्रिमियर लिग प्रतिद्धन्द्धी टोटेनहम हस्टपरसँग प्रतिस्पर्धा गर्नेछ । टोटेनहमले यसअघि च्याम्पियनसिप क्लब ब्रेन्टफोर्डलाई २–० ले हराउँदै फाइनलमा स्थान बनाइसकेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय