Wednesday 19 August 2026 / बिहीबार, ४ भाद्र २०८३

काठमाडौ, राज्य नागरिकले नै चलाउने हो र राज्य चलाउने नागरिक अरू नागरिकभन्दा प्रतिभावान्, सक्षम, योग्य, सशक्त, उत्तरदायी र उच्च मानवताका गुणले सम्पन्न हुन्छन् ।

निर्वाचन, ल्याकत परीक्षण वा विशेषज्ञताको मापनजस्ता प्रतिस्पर्धात्मक विधिबाट सार्वजनिक जवाफदेहीयुक्त लाभका पदपूर्ति यसै आधारमा गरिन्छन्। अर्थात् राज्य सञ्चालकहरू आमनागरिकभन्दा उदारचित्त र उच्च संवेदनाका हुन्छन्। आदर्श र प्रतिमानी विज्ञान ९नर्मेटिभ साइन्स० को मान्यतामा राज्यलाई यसरी चिनिन्छ र यसैअनुसारको अपेक्षा गरिन्छ।

शासकीय निरंकुशताको उदय हुनलाई बलपूर्वक सत्ता हस्तक्षेप गरिरहनु पर्दैन। जब जनताप्रति उत्तरदायी हुनुपर्ने गरी शासकलाई नुहाउने जनबलका अंकुश खुस्काइन्छन् वा कमजोर बनाइन्छन् त्यसैबाट निरंकुशताको उदय हुन्छ। अहिले ओलीले प्रतिनिधिसभा नामक एउटा अंकुशलाई विघटनको घोषणाद्वारा खुस्काएका छन् ।

अब कोभिड नियन्त्रणमा आउन सकेन र मंसिरमा निर्वाचन हुन सकेन भने पनि ओलीलाई प्रधानमन्त्रीबाट हटाउने कुनै अंकुश बाँकी हुँदैन। त्यसपछि निर्वाचन कहिले गर्नुपर्छ भन्ने पनि हुँदैन पद कहिले छोड्नुपर्छ भन्ने पनि हुँदैन। यसैले अहिले ओलीको दूरदृष्टि भनेकै सकेसम्म लामो अवधि वर्तमान हैसियत निरन्तर बनाउने भन्ने हो।

अध्यादेशबाट शासन गर्ने अवधि जति लम्याइन्छ निरंकुशता त्यत्तिकै लम्बिँदै जान्छ। निरंकुशता बाजा बजाएर आउँदैन र बाजा बजेको छैन भनेर ढुक्क नभएकै बेस हो । विश्वका चर्चित बडी बिल्डर आर्नल्ड कुनै बेला क्यालिफोर्नियाको गभर्नर थिए। जुन बेला उनी गभर्नर थिए, एउटा होटलले आफ्नो हातामा उनको सालिक बनायो ।

उनैबाट होटलको भव्य उद्घाटनपछि घोषणा गरियो, ‘आर्नल्डले चाहेको समयमा होटलमा निःशुल्क बस्न पाउनेछन्।’ समयको पदचापसँगै उनी पदविहीन भए। शरीर जीर्ण हुँदै गयो। मानिसले उनको ओहोदा र औकात बिर्संदै गए। एक दिन उनी होटलले दिएको वचन सम्झिएर बास बस्न गए।

तर नयाँ पुस्ताका होटल स्टाफले आर्नल्डलाई सभ्य व्यवहार गरेनन्। विना पैसा होटलको सुविधा दिन नसकिने भन्दै फर्काइदिए। आर्नल्ड दुःखी भएनन् । बरु सँगै रहेको स्लिपिङ ब्याग ओढेर आफ्नै मूर्तिमुनि सुते। ‘यस्तो प्रतिष्ठित मानिस किन खुला आकाशमुनि बासरु’ सर्वसाधारणको जिज्ञासा निदान गर्दै उनी भन्छन्, ‘धन, पद, शक्ति र प्रतिष्ठा हुन्जेल दुनियाँ तपाईंको साथ हुन्छ, म्याउँ म्याउँ गर्छ, हात मोल्छ, खुट्टा ढोग्छ। यी सबै अस्थायी हुन्। यी चीज सधैं तपाईंसँग रहँदैन। यो नरहनेबित्तिकै नजिकिएकाहरु टाढा भाग्छन्। त्यसैले पद र पैसामा कहिल्यै घमण्ड नगरौं। आफ्नै मूर्तिमुनिको मेरो सुताइ यही सत्य सन्देशको उपज हो।’

एक टन सिद्धान्तको तुलनामा एक ग्राम कामको धेरै महत्त्व हुन्छ। मेलम्चीको पानी धारा–धारामा झरेपछि धेरै प्रश्नको उत्तर त्यसले दिएको छ। जिब्रो भएर काम बोल्नुपर्छ। जिब्रोमा नुन बोकेर तरकारी चाख्ने राजनीतिक संस्कारले पुस्तौनी घर गर्दा हरेक राजनीतिक परिवर्तन चटक बन्दै गए। राजनीतिक स्वतन्त्रताले कसैको पेट भरिन्न। न त क्रान्तिले आगो बाल्छ। आगो बाल्न त सानो भए पनि आगोकै झिल्को चाहिन्छ। एउटा विद्वान्का लागि मूर्खको प्रश्न सर्वाधिक ठूलो विश्वविद्यालय हो। त्यस्तै सबैथोक भएर पनि व्यवस्थापन हुन नसकेको भूगोल सफल राजनेताका लागि चिट्ठा हो। यो सत्य नबुझेर जब नेताको बोली, वचन व्यवहार नै मूर्खको कोटीमा अनुवाद हुन्छ, त्यसको दुष्परिणाम धरामा उभिएकादेखि गर्भमा रहेकाले समेत भोग्नुपर्छ।

कुनै ठाउँमा चार मूर्ख रहेछन्। उनीहरुले उद्यमका लागि पेट्रोल पम्प खोल्ने निधो गरेछन्। आश्चर्य१ एउटा गाडी पनि इन्धन भर्न आएनछ। किन भनेर खोज्दै लाँदा थाहा भयो, ‘उनीहरुले एक तलामाथि पम्प खोलेका रहेछन्।’ लौ भएन भनेर त्यही ठाउँ रेस्टुरेन्ट खोलेछन्। तैपनि चरोमुसो छिरेनछ। उनीहरुले रेस्टुरेन्ट त खोले तर पेट्रोल पम्पको साइनबोर्ड निकाल्नै बिर्सिएछन्। अन्तिम विकल्प स्वरुप ती मूर्खले ट्याक्सी व्यवसाय गर्न ट्याक्सी किनेछन्। ट्याक्सी चढ्ने ग्राहक खोज्न त्यही ट्याक्सी चढेर चारैजना सहर पसे। तर ट्याक्सीभरि मान्छे देखेपछि भरिएको ट्याक्सी ठानेर कसैले सोध्ने हिम्मतै गरेनन्।

नेपालका राजनीतिक क्रान्ति यिनै मूर्खहरुको व्यवसाय जस्तै बन्यो। कोही पोखरा, कोही महेन्द्रनगर, कोही झापा पुग्ने राजनीतिक स्वार्थ बोकेका नेताहरु सार्वजनिक खपत र पदीय स्वार्थका लागि एउटै गाडीमा चढेर यात्रा आरम्भ गरे। जब मुग्लिङ आइपुग्यो, त्यसपछि माथापच्ची सुरु भयो। गाडी एउटा छ, दाबी सबैको। गाडी कसको हो, कसैलाई थाहा छैन। अहिलेको संविधान त्यही गाडीजस्तै बन्यो। तीन करोड जनताको भावना बोक्नुपर्ने संविधानले प्रोजेक्ट पेपरभन्दा माथिको औकात बोक्न सकेन। आज देश भागशान्ति जय नेपाल बन्नुको परिणाम त्यही अप्राकृतिक कर्मको परिणति हो।

अरू हिँडेको बाटोमा हिँड्ने नेता नै हुन सक्दैन। नेताले बाटो पछ्याउने हैन, बाटो बनाउने हो। बाटो नभएको ठाउँमा पाइतालाको डोब छोड्ने नेता कहिल्यै मर्दैन। अमेरिकी राष्ट्रपति अब्राहम लिंकनलाई सोधियो, ‘तपाईं सामान्य जुत्ता सिलाउनेको छोरो कसरी अमेरिकाको राष्ट्रपति हुनुभयोरु’ उनले मुस्कुराएर जवाफ दिए, ‘मैले पाइलापाइलामा आफ्नै परीक्षा लिएँ। हरेक असफलताबाट केही सिकें। त्रुटि सुधार्दै नयाँ बाटो पहिल्याउँदै गएँ। सफलताको सूत्र पुस्तकमा नभई मेहनतमा हुन्छ भन्ने सत्य आत्मसात् गरें।’
सुख र सामान्य सोचले परिवर्तन सम्भव छैन। पागलपन र वैराग्यले मात्र विकास सम्भव छ। त्यसैले नेतागण चटके हैन, पागल बन्नुस्। देश चलाउने योग्यता के होरु पारखीहरु भन्छन्, ‘खाँटी कूटनीतिज्ञ त्यो हो, जो महिलाको जन्मदिन सम्झन्छ तर उमेर सम्झँदैन।’ जसले विश्वमा परिवर्तन ल्याए, आरम्भका दिनमा तिनीहरु इतिहासका प्रहसन पात्र भए।

जाँगर भएको मानिसले माहुरीको चाकाबाट नभएर झारपातबाट पनि मह बनाउन सक्छ। यो धरामा रहेका हरेक मानिसको खाने थाल र जिन्दगीको हाल अलग छ। जन्मिँदाको खाट र मर्दाको घाट अलग छ। कोही नभएको बेला मुस्कुराउने मानिस सही अर्थमा खुसी हुन्छ। वास्तवमा आफ्नो को होरु त्यो देखाउने हक समयलाई मात्र छ। गल्तीको जिम्मेवारी नलिने मानिस कहिल्यै अघि बढ्न सक्दैन।

उज्यालोमा मात्र सबैले साथ दिने हुन्, अँध्यारोमा त आफ्नै छायाले पनि छोडिदिन्छ। कहिले नभुलौं, फूल बाँड्ने मान्छेको हातमा सुगन्ध पनि बस्छ। सत्य नबुझी अनुमान गर्नु दुःखी हुनुको प्रमुख कारण हो। कोही कसैको पछि, न अघि नै लाग्न जरुरी छ। नेतृत्वका लागि विश्वास गरेको पात्र नालायक निस्कियो या आफूले नेतृत्व गर्दा अरुले विश्वास गरिदिएनन् भने हालत के हुन्छ ।

लेखक नबराज भट्ट -शिक्षक

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय