Friday 23 February 2024 / शुक्रबार, ११ फाल्गुन २०८०

काठमाडौं, फेब्रअरी ११ लाई विश्वकै सर्वाधिक लोकप्रिय फ्रेन्चाइज इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को अक्सनको संभावित मितिका रुपमा प्रस्तुत गरिएको छ । बिसिसिआईले २०२१ को आइपिएलको अक्सन आगामी फेब्रुअरी ११ तारिखमा हुन सक्ने उल्लेख गरेको छ । त्यस्तै, फ्रेन्चाइज आठ क्लबहरुले यही महिनाको २० तारिखभित्र आफूहरुले रिटेन र रिलिज गर्ने खेलाडीहरुको अन्तिम सूची बुझाई सक्नुपर्ने जनाएको छ । १४ औं संस्करणको आइपिएल कहाँ र कुन मितिमा हुने भन्ने बारेमा भने निर्णय भइसकेको छैन । १३ औं संस्करणको आइपिएल भने युएईमा सम्पन्न भएको थियो । फाइनलमा दिल्ली क्यापिटल्सलाई पराजित गर्दै मुम्बई इन्डियन्सले पाँचौं पटक उपाधि जित्न सफल भएको थियो ।

Share This Post

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय