Wednesday 10 June 2026 / बुधबार, २७ जेष्ठ २०८३

चार दर्जन भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेकी गरिमा शर्माको चर्चा टिकटकमा पनि उत्तिकै छ । पछिल्लो समयमा लोकप्रिय टिकटकर मध्येकी यी नै गरिमा शर्मालाई लोकप्रिय मासिक पत्रिका ‘नारी’ को साउन अंकको कभर पेजमा देख्न पाइएको छ । ठिमी भक्तपुरस्थित रोयल थाई हस्पिटालिटीमा ग्ल्यामर फोटोग्राफर महेश प्रधानद्वारा खिचिएको गरिमाको सुन्दर एवं आकर्षक तस्वीर नारी पत्रिकाको साउन अंकको कभर पेजमा छापिएको हो । तस्वीरमा गरिमाले दरबारमार्गस्थित वुमेन्स प्लानेटका फेसन डिजाइनर सुष्मा सिंहले डिजाइन गरेको पहिरन पहिरिएकी छिन् भने गरिमाको सुन्दरतालाई श्रृङ्गार कलाबाट निखार्ने कार्य नयाँ बानेश्वर स्थित पुनम ब्युटी एकेडेमीका पुनम श्रेष्ठले गरेकी हुन् ।
पाँच फिट चार इन्च उँचाईकी १९ वर्षिया गरिमा शर्मा हाल स्नातक तहमा अध्ययनरत छिन् । ईभेन्ट्स नेपालले आयोजना गरेको मिस एसएलसी नेपाल २०१७ को प्रतिस्पर्धी रहिसकेकी गरिमाले सो प्रतियोगितामा मिस पर्सनालिटीको अवार्ड जितेकी थिइन् । प्रविन वेदवाल र समिक्षा अधिकारीको स्वर रहेको ‘नबोली नबोली …….’ बोलको गीतको भिडियोले पहिचान दिलाएको । यद्यपी उनले यस अघि पनि केही म्युजिक भिडियोहरुमा अभिनय गरिसकेकी थिइन् । चर्चित म्युजिक भिडियो एवं नायक पल शाह, पुष्प खड्का, आकाश श्रेष्ठ लगायतका सित गरिमाले जोडीका रुपमा म्युजिक भिडियोहरुमा अभिनय गर्दै आएकी छिन् । वर्ष २०१९ बाट टिकटिकमा देखिएकी गरिमाको हाल टिकटकमा ५३८.९ के भन्दा बढी फोलोअर रहेको छ भने भ्युजले ११.३ मिलियन नाघिसकेको छ । फेसबुक पनि उनको चौध हजार भन्दा बढी फोलोअर रहेको छ भने इन्स्टाग्राम उनको २९.६के भन्दा बढी फोलोअर रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय