काठमाडौं -। नेकपा एमालेका माधव पक्षकी सासंद रामकुमारी झाँक्रीले प्रधानमन्त्री शेर बहादुर देउवालाई विश्वासको मत दिने बताएकी छन् । सासंद झाँक्रीले संसदको पुरा कार्यकाल संचालन गर्न विवेक प्रयोग गरी पक्षमा भोट हाल्ने बताएकी हुन् ।
प्रधानमन्त्री देउवाले आज ४ बजे प्रतिनिधिसभामा विश्वासको मत लिनुअघि सांसद झाँकीले देउवालाई विश्वासको मत दिनु आफनो कर्तव्य भएको बताएकी हुन् ।
एमालेको माधव पक्षको २३ जना सांसदले देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै अदालतमा मुद्दा हालेकाले पनि देउवाको पक्षमा मत दिनुपर्ने उनको दाबी छ ।


