Friday 27 January 2023 / शुक्रबार, १३ माघ २०७९

काठमाडौँ, गायक अनिल जोशी र गायिका अस्मिता अधिकारीको स्वरमा रहेको नयाँ गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘जनकपुरे रेल’ बोलको गीतमा जगत तिरुवाले र्यााप हानेका छन् ।
गायक जोशीले तयार पारेको शब्दमा जोशी र तिरुवाले संयुक्त रुपमा संगीत भरेका छन् । गीतको एरेन्ज भने मोहित मुनालले गरेका छन् ।

डान्सिङ शैलीमा तयार भएको गीतको भिडियोमा कार्टुन क्रुका सरोज अधिकारी र आश्मा विश्वकर्माको नृत्य देख्न सकिन्छ । माइकल चन्दको निर्देशनमा बनेको भिडियोमा माइकल स्टेप-अप आर्ट एकेडेमीको करियोग्राफी रहेको छ ।
उत्सव दाहालले खिचेको भिडियोमा शिलन लम्सालको सम्पादन तथा कलर रहेको छ । भिडियोको निर्माता नवराज शर्मा हुन् ।

‘सेभेन इलाभेन म्युजिक फ्याक्ट्री’को प्रस्तुतीमा निर्माण भएको म्युजिक भिडियो ‘सेभेन इलाभेन म्युजिक फ्याक्ट्री’कै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय