महिलाहरुको फेसनमा केन्दि«त बहुचर्चित अन्तर्राष्ट्रिय अमेरिकी मासिक पत्रिका हारपर्स बजारको भियनामी संस्करणको कभरपेजमा चार मुख्य अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिताका विजेताहरुको आकर्षक तस्वीर छापिएको छ । हारपर्स बजार भियतनामको दशौं वार्षिकोत्सवको संस्करणको मुखापृष्ठ सो सुन्दर तस्वीर छापिएको हो । कभरपेजमा समेटिएका चारै जना फिलिपिनो सुन्दरीहरु हुन् । 
जसमा मिस वल्र्ड २०१३ की विजेता मेगान योङ, मिस युनिभर्स २०१५ की विजेता पिया वुर्टजेबाक, मिस अर्थ २०१५ की विजेता एन्जेलिया ओङ र मिस इन्टरनेसनल २०१६ की विजेता कायली भर्सोजा रहेका छन् । 
हारपर्स बजार भियतनामको दशौं वार्षिकोत्सव संस्करणको कभरपेजमा छापिएको सो तस्वीरलाई फोटोग्राफर बिजे पास्कुअलको क्यामेराले कैद गरेको हो भने उक्त फोटोसुटका क्रिएटिभ डाइरेक्टर एल्डीस मेजिया हुन् । सो शुटको स्टाइलिङ एड्रियानी कन्सेप्सनले गरेका हुन् भने उनलाई डोड्ली गलार्डो र क्रिङ मलारीले असिष्ट गरेका हुन् ।


