Thursday 12 September 2024 / बिहीबार, २७ भाद्र २०८१

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली आगामी माघ १ गते भारत भ्रमणमा जाने भएका छन् ।

प्रधानमनत्री केपी शर्मा ओलीले कैलालीको धनगढीमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै आगामी १४ तारिख परराष्ट्रमन्त्री भारत भ्रमणमा जाने जानकारी गराएका हुन् ।

भारतले देशभित्र दुईवटा कोरोना भ्याक्सिनको प्रयोगका लागि स्वीकृति दिइसकेको छ । स्वदेशी कम्पनी भारत बायोटेकले बनाएको कोभ्याक्सिन स्वीकृति पाउनेमध्ये एक हो । अर्को, बेलायतको अक्सफोर्ड र एस्ट्राजेनेकाले विकास गरेको भ्याक्सिन हो, यसलाई भारतमा सिरम इन्स्टिच्युटले उत्पादन गरिरहेको छ ।

यसअघि गत मंसिरमा नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव हर्षवद्धन श्रृंगलाले कोरोना भ्याक्सिनले भारतमा स्वीकृति पाएसँगै नेपाललाई पनि सहयोग गर्ने प्रतिवद्धता परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग गरेका थिए । हिन्दूस्तान टाइम्समा प्रकाशित समाचारअनुसार परराष्ट्र मन्त्री ज्ञवालीको भारत भ्रमणका बेला भ्याक्सिन आपूर्ति गर्ने विषयमा दुई पक्षबीच सहमति हुनसक्छ । उनले माघ २ गते भारतका विदेशमन्त्री एस जयशंकरलाई भेट्ने कार्यक्रम छ । प्रधानमन्त्री केपी ओलीले संसद् विघटन गरेपछि हुन लागेको यस भ्रमणको राजनीतिक अर्थ पनि ठूलो हुने ठानिएको छ ।

भ्रमणका क्रममा १ करोड २० लाख डोज भ्याक्सिन सप्लाई गर्ने स्पष्ट प्रतिवद्धता भारतसँग ज्ञवालीले खोज्न चाहेको समाचारमा उल्लेख छ । चीनले पनि नेपालालई सिनेभ्याक कम्पनीको भ्याक्सिन दिने प्रस्ताव गरिसकेको छ । समाचारअनुसार, भारतस्थित नेपालका राजदूत निलाम्बर आचार्यले भारतका भ्याक्सिन निर्माता र सरकारी अधिकारीहरुसँग धेरै चरणमा छलफल समेत गरिसकेका छन् ।

Share This Post

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय