नबराज भट्ट
काठमाडौ, विश्वेश्वरप्रसाद कोइरालाको व्यक्तित्वका प्रमुख दुई पाटा राजनीति र साहित्य थिए। यो कुनै नयाँ जानकारी होइन, सर्वविदितै छ। उनको व्यक्तित्वको शुरूआत किशोर अवस्थादेखि साहित्यबाट भएको थियो। त्यसपछि मात्र उनले राजनीतिलाई अँगालेका हुन्। पारिवारिक र त्यतिखेरको वनारसको राजनीतिक वातावरणले उनलाई प्रभाव त पारेकै थियो तर किशोर वयको राजनीति रोमान्स र रहरको हुन्छ। त्यो उनले पनि अल्पसमयका लागि गरेका थिए।
नेपालको परिप्रेक्ष्यमा समाजवादलाई प्रजातन्त्रसँग जोडेर केही फुटकर लेखहरू लेख्नुबाहेक कोइरालाले समाजवादी दर्शन बारेमा कुनै स्वतन्त्र ग्रन्थ लेखेनन्। २०१२ सालमा वीरगञ्जमा भएको अधिवेशनमा पार्टीको लक्ष्य समाजवाद निरूपित गरेको देखिन्छ तर त्यस समाजवादको चरित्र परिभाषित गरेको देखिंदैन। खासमा समाजवादबारे उनको कुनै निश्चित खाका वा मार्गचित्र थिएन तर आफूलाई ुबौद्धिक दाबी गर्ने एउटा पुजारीवर्ग त्यस कुरालाई स्वीकार गर्न तयार छैन। उनीहरू विश्वेश्वरप्रसाद कोइरालामा सम्पूर्णता छ भन्ने भ्रम पालेर बसेका छन्।
प्रधानमन्त्री हुँदा उनले विकासको आर्थिक ुमोडेलु को चर्चा गरेका छन् तर आर्थिक विकासका लागि कहिले नेहरू मोडेलको औद्योगीकरण गर्नुपर्छ भनेर जिकिर गर्छन् अनि लगत्तै कुनै अर्को मञ्चमा महात्मा गान्धीको श्रम केन्द्रित लेबर इन्टेन्सिभ अर्थात् ग्रामीण अर्थतन्त्रको मोडेलमा विकास गर्नुपर्ने तर्क राख्छन्।
आफू प्रधानमन्त्री हुँदा एउटा प्रसंगको चर्चा गर्दै उनी भन्छन्(एकपटक योजना आयोगको बैठकमा जाँदा भित्तामा पहिलेदेखि राजाको फोटो राखिएको, सँगै एउटा हलो जोतिरहेको कृषकको फोटो पनि राख्नुपर्ने कुरा त्यहाँ क्याम्ब्रिज र हार्डिबाट पढेर आएका विद्वान्हरूसमक्ष राखेका थिए ९द्रष्टव्य स् त्यस समयमा क्याम्ब्रिज र हार्वार्ड पढेका विद्वान् योजना आयोगमा कोही थिएनन्। त्यसको तात्पर्य के थियो भने योजना बनाउँदा हलो जोतिरहेको कृषकलाई देखेर ग्रामीण परिवेशको बोध हुन सकोस्। तर त्यस सुझावमा रमाइलो कुरा के थियो भने त्यो उनको मौलिक विचार नभएर गान्धीको विचारलाई अहिलेको भाषामा कपी पेस्टु गरेका थिए।
नेपालको विकास प्रश्नमा योजना आयोगका सदस्यहरूलाई उनको के सुझाव थियो भने हाम्रा कृषकले खेत जोत्ने गरेको हलोमा केही सामान्य सुधार गर्ने हो, जसलाई उनीहरूले सजिलै चलाउन सकून्। ठूलो ट्रयाक्टर, ठूला मेशिन, ठूला डोजर, जेट इन्जिन आदि आयात गर्ने होइन। ठूला सडक बनाउने होइन। त्यो बनाउनु भनेको आयात गरिएका गाडीहरूका लागि आयातित इन्धनको खर्च बढाउने कुरा हुन्छ र त्यसलाई चलाउन विदेशमा प्रशिक्षित प्राविधिकबाट मर्मत सम्भार गरिनुपर्ने हुन्छ। विकास निर्माणका लागि सिमेन्ट, फलाम आदिको प्रयोग गर्ने होइन। अर्थात् विदेशी निर्भरता सकेसम्म नबढाउने हो।

विश्वेश्वरप्रसाद कोइरालामा समाजवादप्रति प्रतिबद्ध थिए भन्ने हामीले जानेकै कुरो हो। उनी त्यसको प्रखर वकालत गर्थे। उनले नेपालका लागि आफूले खोजेको समाजवादका बारेमा दुई ठाउँमा लिखित धारणा राखेका छन्। त्यसबाहेक, अरू केही अवसरमा मौखिक भाषण वा लिखितमा समाजवादको उल्लेख गरे पनि विवेचना गरेको भने पाइँदैन।
विश्वेश्वरप्रसाद कोइरालाको समाजवादले प्रजातन्त्रसँग गाँसिएर पूर्णता पाउँथ्यो। उनी समाजवादलाई राजनीतिक अर्थमा प्रजातन्त्र नै हो भन्ने गर्थे । सन् १९७९ को फरवरीमा अष्ट्रेलियामा ुएसियन प्यासेफिक सोसलिस्ट अर्गनाइजेसनु को सम्मेलन भएको थियो। त्यहाँ वि।प्र।ले नेपालको परिप्रेक्ष्यमा समाजवादु विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए।
कोइराला वेलाबखत आफूलाई मार्क्सवादी भन्ने गर्थे। मार्क्सवादको सम्बन्धमा पनि उनको कुनै निश्चित र स्थिर दृष्टिकोण पाइँदैन। यस विषयलाई स्थानाभावको कारणले विस्तार गरिन्न। बीसौंरएकाइसौं शताब्दीको आधुनिक प्रविधिको प्रयोगले आर्थिक विकासलाई प्रतिस्पर्धी बनाएको छ।
आजको विकास अंकगणितीय भन्दा ज्यामितीय गतिको अपेक्षा राख्छ र उत्पादन उपभोगमुखीमा सीमित नरहेर व्यवसायमुखी हुने किसिमको अधिक उत्पादनमा जाने गरी उद्योगको विकास हुनुपर्ने मान्यता राख्छ। २०३३ सालको पुसमा भारतको निर्वासनबाट स्वदेश आगमनपछि उनी पुनः गान्धीकै विकास मोडेलमा फर्किन्छन् तर यसपटक उनले गान्धी मोडेलु लाई ब्रिटिस अर्थशास्त्री फ्रेड्रिक सुमाखरको सानो हुन्छ सुन्दरु ९स्मल इज ब्युटिफुल० को तर्कमा खडा गरेका छन्।
सुमाखरअनुसार हाम्रो आर्थिक नीति समुदायको आवश्यकतालाई लक्षित गरेर बनाउने हो, कर्पोरेट हाउसका लागि होइन। नेपालको सन्दर्भमा सुमाखरको विकास मोडेलको व्यावहारिक रूप र परिभाषा प्रस्तुत गर्न नपाउँदै कोइरालाको देहान्त भयो। त्यसो त आर्थिक विकासको मोडेलको परिभाषा पहिले पनि गरेका थिएनन्।
राजा महेन्द्रले २०२२ सालमा लागू गरेको भूमिसुधार। कोइरालाको सरकारले बनाएको भूमिसुधारको नक्कल हो भनेर उनका केही पुजारीहरू भन्ने गर्छन्। यस प्रसंगमा स्वयं वि।प्र। कोइराला भन्छन् बिर्ता उन्मूलन र नयाँ कर व्यवस्था नूतन व्यवस्थाका प्राथमिक चरण हुन्। हाम्रो अधमरा समाजले प्रगतिशील सामाजिक शक्तिहरूको संगठनको बलमा बिस्तारै(बिस्तारै अझै बढी क्रान्तिकारी कदम चाल्नपर्नेछ। कोइरालाको यस स्पष्टीकरणले उनको भूमिसुधारको लक्ष्य त्यतिखेर उक्त दुई कार्यक्रममा सीमित थियो। राजा महेन्द्रले ल्याएको भूमिसुधार कोइरालाले गर्दै नगरेको कथित भूमिसुधारको नक्कल थिएन भनेर पुष्टि गर्छ। यस कुराले पुजारी वर्गको दाबीलाई गलत प्रमाणित गर्छ।
कोइरालाको समाजवाद र आर्थिक नीतिको सैद्धान्तिक र दार्शनिक अवधारणा प्रस्ट छैन। परस्परमा बेमेल देखिएको यथार्थलाई उनैको कथनी र लेखनी दुवैले पुष्टि गरेको माथि विवेचना गरियो। उनी समाजवादी थिए वा थिएनन भन्ने कुरामा बहस गर्नुभन्दा पनि पूर्णरूपेण प्रजातन्त्रवादी थिए र २००३ सालदेखि नेपालको प्रजातान्त्रिक संघर्षमा अनेक हण्डर, सास्ती र यन्त्रणा बेहोरेर जीवनको आखिरी क्षणसम्म प्रजातन्त्रप्रतिको एकलव्य निष्ठामा अटल रहे।


