Tuesday 25 August 2026 / बुधबार, १० भाद्र २०८३

रौनियार समुदायको मौलिक परंपरा, कला संस्कृति, भेषभुषालाई जगेर्ना गर्नुपर्ने महत्वलाई उजागर गर्दै, यसको प्रचार प्रसार तथा विस्तारमा योगदान पु¥याउनुका साथै रौनियार समुदाय अविवाहित तथा विवाहित महिलाहरुको समग्र व्यक्तित्व विकास तथा उनीहरुको प्रतिभा, क्षमता, दक्षतालाई अवसर प्रदान गर्ने हेतुले मिस एण्ड मिसेस् रौनियार २०२१ नामक प्रतियोगिता आयोजनाको तयारी अगाडि बढेको छ । क्रिएटिभ ड्रप्सको ब्यानरमा संचालन हुने यो प्रतियोगिता ग्ल्यामर तथा कमर्सियल फोटोग्राफी क्षेत्रमा लामो अनुभव संगालेका चर्चित फोटोग्राफर एवं एड फिल्म मेकर संजय रौनियार तथा विज्ञापन व्यवसायी मनिश अमात्यको आयोजना एवं निर्देशनमा सम्पन्न हुनेछ । प्रतियोगिता अन्तर्गतको प्रशिक्षणमा समग्र व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, पब्लिक स्पीकिङ, अन्तर्राष्ट्रिय स्तरको फोटोशुट, मोडलिङ, मेकअप, मोटिभेसनल सेसन, सेलिब्रेटी संगको अन्तक्र्रिया लगायतका पक्षहरुलाई समेटिने बताइएको छ । प्रतियोगिताका विजेताले विभिन्न पुरस्कार सहित टिभि कमर्सियल, होर्डिङ बोर्ड लगायत मिडिया प्रोमोशनमा आदिमा अवसर प्राप्त गर्नेछन् । प्रतियोगिताका लागि भदौ महिनाको पहिलो साताका लागि अडिसन तय गरिएको छ । प्रतियोगिताका कोरियोग्राफरका रुपमा फेसन कोरियोग्राफर एवं संचारकर्मी जयन सुब्बा मानन्धर रहनेछिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय