Monday 21 April 2025 / सोमबार, ८ बैशाख २०८२

अखिल नेपाल फुटबल संघ एन्फाले ग्रासरुट फुटबलको प्रतीक चिन्ह (लोगो) बनाउन सार्वजनिक सूचना निकालको छ । खुल्ला प्रतिस्पर्धाबाट लोगो छनोट गर्न एन्फाले सार्वजनिक सूचना निकालेको हो । एन्फाले लोगो डिजाइनको लागि जनवरी ३० सम्मको समय तोकेको छ । एन्फाले जनवरी ३० भित्र आएका मध्येबाट उत्कृष्ट एक लोगोलाई छनोट गर्ने जनाएको छ । यो लोगोलाई एन्फाले आधिकारिक रुपमा प्रयोग गर्नेछ । एन्फाका अनुसार उत्कृष्ट लोगो बनाउनेलाई २५ हजार रुपैयाँ पुरस्कारको ब्यवस्था पनि गरिएको छ । लोगो जीवन्त, आकर्षक हुनुको साथै नेपाली फुटबल र ग्रासरुटको प्रतीक झल्किनु पर्ने, लोगो अन्तर्राष्ट्रिय स्तरको हुनु पर्ने तथा लोगोमा कपीराइट लाग्ने कुराहरु प्रयोग गर्न नपाइने,रंगीन डिजाइनको लोगोमा चार भन्दा बढी रङको प्रयोग गर्न नपाइने एन्फाले जनाएको छ ।

Share This Post

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय