Saturday 4 February 2023 / आईतवार, २२ माघ २०७९

बलिउड डिभा सन्नी लियोनीले केही समय अगाडि आफ्नो पछिल्लो फोटोशुटका केही तस्वीर आफ्नो इन्स्टाग्राम अकाउन्ट मार्फत् सार्वजनिक गरेकी छिन् । जसमा उनी बाथटब माथि बसेका तस्वीरहरु रहेका छन् । ग्ल्यामरस छवि बनाएकी ३९ वर्षिया सन्नी उक्त तस्वीरमा डार्क ग्रीन रंगको स्पेगेटी स्ट्राप टपका साथमा सोही रंगको पाइन्टमा देखिएकी छिन् । पूर्ण रुपमा सिक्वेन्स वर्क भएको उक्त पहिरनको मूल्य १५ लाख भारु पर्ने बताइएको छ । सो पहिरन डिजाइनर प्रिति जैन नैनुसियाको निर्मुहा कलेक्सन अन्तर्गतको हो । तस्वीरमा देखिएको सन्नीले पहिरिएको गोल्ड ड्याङ्लर्स भने अन्तराज ज्वेल्सको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय