काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका निवर्तमान सांसदहरुको भेला सुरु भएको छ । काठमाडौको नयाँ बानेश्वरस्थित संसद भवनको लोत्से हलमा भेला सुरु भएको नेतृ पम्फा भुषालले जानकारी दिइन् । यो भेलालाई प्रचण्ड पक्षले संसदीय दलको बैठक भनेको छ । भेलामा प्रचण्डसहितका नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल लगायत सहभागी छन् । भेलामा संसद विघटन गरिसकेपछिको अवस्थामा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल हुने बताइएको छ । ओलीले संविधानविपरित संद भंग गरेको भन्दै प्रचण्ड नेपाल पक्ष राजनीतिक र कानुनी उपचारमा जाने निष्कर्षमा पुगेको छ ।