Saturday 4 February 2023 / आईतवार, २२ माघ २०७९

काठमाडौं, ओली निकट युवा संघ नेपालले काठमाडौंमा आयोजना गरेको वृहत कार्यकर्ता भेलाका लागि प्रदेश २ को युवा संघ नेपालले त्यहाँका विभिन्न जिल्लाबाट आज काठमाडौंमा धोती जुलुस निकालिएको छ ।

युवाको भेलाका लागि ल्याइएका उनीहरुमध्ये उल्लेख्य संख्यामा वृद्धवृद्धा छन् र त्यसमा पनि कतिपय वृद्धवृद्धा खाली खुट्टामा देखिएका छन् ।

‘लुगा पाइन्छ, खान पाइन्छ, काठमाडौं घुम्न पाइन्छ’ भनिएपछि गाउँ गाउँबाट बस चढेर काठमाडौं आएका हुन् । फुर्सदमा भएको कारण र काठमाडौं घुमाइदिने तथा समाइलो पनि हुन्छ भनेपछि आफूहरु उहाँ आएका आन्दोलनका क्रममा भेटिएका एक वृद्धले बताए । यसरी आएका कतिपयको खुट्टा चपल देखिएको थिएन ।

यस्तो चिसो मौसममा उनीहरु खाली खुट्टा आएर ‘धोती कुर्ता हमर शान बा, केपी ओली हमर जान बा’ भनि लगाइएको नारामा लोली मिलाइरहेका थिए । जीउमा सेता कुर्ता, सेतै धोती, सतै गम्छा लगाएका उनीहरु खाली खुट्टामा ‘केपी ओली हाम्रो सान हुन्’ भनि नारा लगाइरहेका थिए ।

मधेसबाट ल्याइएका उनीहरु प्रज्ञा भवनको कार्यक्रममा सहभागी भएका छन् र तराई मधेशबाट धोती कुर्ता लगाएर आएका भन्दै सम्मान पूर्वक पहिलो लहरमा बसाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय