Friday 27 January 2023 / शुक्रबार, १३ माघ २०७९

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल आज स्वदेश फर्कनुभएको छ । पत्नी सीताको उपचारका लागि यही पुस २० गते भारतको राजधानी नयाँदिल्ली हुँदै मुम्बई जानुभएका अध्यक्ष दाहाल आज स्वदेश फर्कनुभएको उहाँको सचिवालयले जनाएको छ ।

अध्यक्ष दाहालको स्वागतका लागि नेकपाका नेता वर्षमान पुन, जोखबहादुर महरालगायतका नेता तथा कार्यकर्ता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्नुभएको थियो । उहाँले पन्ती सीताको उपचार एवं अन्य बन्दोबस्तका लागि छोरी गङ्गा र रेणु दाहाललाई छाडेर स्वदेश फर्कनुभएको उहाँको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय