Thursday 12 December 2024 / बिहीबार, २७ मंसिर २०८१

दमौली, गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले उद्योगी व्यवसायीलाई लगानी गर्न आग्रह गर्नुभएको छ । तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडामा आजदेखि सञ्चालनमा आएको राम्जाली अटोमोबाइल्सको उद्घाटन गर्दै मन्त्री गुरुङले उद्योग व्यवसायमैत्री नीति बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

मन्त्री गुरुङले रोजगारीको सिर्जना र राष्ट्रिय अर्थतन्त्रलाई टेवा पु¥याउन उद्योग व्यवसायको महत्वपूर्ण भूमिका रहनेमा जोड दिनुभयो । “उद्योगी व्यवसायीको संरक्षण र प्रवद्र्धनका लागि प्रदेश सरकारको तर्फबाट हुने सबै सहयोग गरिनेछ”, मन्त्री गुरुङले भन्नुभयो, “ढुक्कसँग लगानी गर्नुहोस् ।”

सामुदायिक वनमा पोखरी

वनजङ्गलमा हुने जीवजन्तुलाई पानी खुवाउने उद्देश्यसहित तनहुँको बन्दीपुर गाउँपालिका–५ ले सामुदायिक वनमा पोखरी निर्माण शुरु गरेको छ । जङ्गलमा पानीको स्रोत मासिदै गएपछि पानी खोज्दै जङ्गली जनावर बस्तीमा आउन सक्ने भएकाले वडा कार्यालयले सामुदायिक वनमा पोखरी निर्माण शुरु गरेको हो ।

प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत बेरोजगार सूचीमा सूचीकृत भएकालाई पोखरी खन्ने काममा रोजगारी दिइएको वडाध्यक्ष धु्रवप्रसाद लामिछानेले जानकारी दिनुभयो । उहाँका अनुसार वडाभित्रका पाँच सामुदायिक वनमा पोखरी निर्माण गरिनेछ । खानीगाउँ सामुदायिक वनमा पोखरी निर्माण सम्पन्न भएको छ भने चार सामुदायिक वनमा पोखरी निर्माण गरिनेछ ।

“जङ्गलमा पानीको स्रोत नहुँदा विशेषगरी चितुवाले बस्तीमा आएर मानिसलाई आक्रमण गर्ने गरेको छ, जङ्गली जनावरले वनभित्रै पानीको स्रोत फेला परे बस्तीमा नआउने भएकाले पोखरी निर्माण शुरुआत गरेका हौँ”, लामिछानेले भन्नुभयो । लामिछानेका अनुसार रातमाटा थाकलडाँडा सामुदायिक वन, याम्पा सामुदायिक वन, बाहुनभञ्ज्याङ सामुदायिक वन, झारगाउँ सामुदायिक वनमा पनि पोखरी निर्माण गरिनेछ । “पोखरी खन्नका लागि प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत बेरोजगार सूचीमा सूचीकृत भएकालाई उपयोग गरेका छौँ”, उहाँले भन्नुभयो, “उक्त कार्यक्रममार्फत १० जनाले रोजगारी पाएका छन् ।” एउटा पोखरी खन्नका लागि १९ दिन लागेको जानकारी दिँदै लामिछानेले बाँकी चार पोखरी खन्नका लागि पनि १० कामदारलाई नै लगाइने बताउनुभयो । निर्माण भएका पोखरीमा आकाशे पानी सङ्कलन गरिनेछ ।

डिभिजन वन कार्यालय तनहुँले पनि सामुदायिक वनमा पोखरी बनाउन अनुदान दिने व्यवस्था मिलाएको छ । मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण अभियानअन्तर्गत जङ्गलमा पोखरी निर्माणका लागि अनुदानको व्यवस्था गरिएको कार्यालयले जनाएको छ ।

कार्यालयले भानु, देवघाट, बन्दीपुरलगायत सामुदायिक वनमा पोखरी निर्माण गर्न लागेको सहायक वन अधिकृत काशीराज पण्डितले जानकारी दिनुभयो । “वनजङ्गलमा पानीको स्रोत नभएका कारण चितुवा बस्तीमा पसेको अनुसन्धानबाट खुलेकाले चितुवाका लागि जङ्गलमै पानीको स्रोत बनाउनुपर्ने अवस्था देखिएको छ”, उहाँले भन्नुभयो, “त्यसका लागि पोखरी निर्माणलाई जोड दिएका हाँै ।” कोषमा रकम भएका कतिपय सामुदायिक वनले भने आफैँले खर्च गरेर पोखरी निर्माणको प्रतिबद्धता जनाएका छन् ।

जङ्गलमा पानीको अभावका कारण पनि पानी खोज्दै चितुवा बस्ती छेउछाउ आउने गरेको छ । “वनजङ्गलमा भएका पानीका स्रोत मासिँदै गएको छ, पानी खोज्दै बस्तीमा आउने चितुवाले घर नजिकै बालबालिका देखेपछि बच्चामाथि आक्रमण गर्न सक्छ”, सहायक वन अधिकृत पाण्डेले भन्नुभयो, “त्यसका लागि जङ्गलमा पोखरी बनाएर पानीको स्रोत संरक्षण गर्न सकियो भने चितुवाबाट बच्न सकिन्छ ।”

पछिल्लो साढे दुई वर्षको अवधिमा तनहुँमा १० बालबालिकाले चितुवाको आक्रमणबाट ज्यान गुमाएका छन् । भानु, शुक्लागण्डकी, आँबुखैरेनी, बन्दीपुरलगायत ठाउँमा १० वर्षभन्दा कम उमेर समूहका बालबालिकाको चितुवाको आक्रमणबाट मृत्यु भएको छ ।

Share This Post

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय