Wednesday 10 June 2026 / बुधबार, २७ जेष्ठ २०८३

आरके इन्टरटेन्मेन्ट ग्रुपले राजधानीमा एक पत्रकार सम्मेलन गरी मिस ग्राण्ड नेपाल २०२१ आयोजनाको घोषणा गरेको छ । राजधानी शहरको ठमेलस्थित होटल नेपालयमा गरिएको पत्रकार सम्मेलनमा मिस ग्राण्ड नेपाल २०२१ आयोजनाबारे जानकारी गरिएको हो । राजधानी शहर लगायत देशका मुख्य शहरहरु नेपालगन्ज, बुटवल, पोखरा, चितवन, वीरगन्ज, धरान र झापा प्रतियोगिताका लागि अडिसन संचालन गरिने जानकारी दिइएको छ ।
अन्तिम अडिसन भने काठमाडौ भदौ १९ मा गरिने उल्लेख गरिएको छ । प्रतियोगिताको अन्तिम प्रतिस्पर्धामा मिस टुरिजम इन्टरनेसनल, मिस स्कूवा इन्टरनेसनल, मिस ल्याण्डस्केप इन्टरनेसनल र मिस मल्टिनेसनल संगै अर्को एउटा अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिताका लागि नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने विजेता चयन गरिने छ । यस अर्थमा यसपटकको प्रतियोगिताबाट पाँच जना मुख्य उपाधि विजेता सुन्दरीहरुको चयन गरिने छ ।
आयोजक संस्थाका प्रमुख लक्की राम के.सी.का अनुसार मिस ग्राण्ड नेपाल २०२१ को अन्तिम प्रतिस्पर्धा घटस्थापनको दिन अर्थात् असोज २१ गते राजधानीमा संचालन गरिने छ । प्रतियोगिताका मुख्य उपाधि विजेताहरुले नगद पुरस्कारका साथै विभिन्न गिफ्ट ह्याम्परका साथमा नेपाली चलचित्रमा नायिकाको रुपमा डेब्यु गर्ने अवसर जुराउनेछन् । प्रतियोगिता अफिसियल डिजाइनरका रुपमा टिपास् क्रिएसनका प्रेम देव रहनेछन् भने कोरियोग्राफरको जिम्मेवारी संचारकर्मी एवं कोरियोग्राफर रोजिन शाक्यले निर्वाह गर्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय