Wednesday 10 June 2026 / बुधबार, २७ जेष्ठ २०८३

गएको अगष्ट ७ तारिखमा अमेरिकाको न्युयोर्कको वुडसाइडस्थित टिबेटन कम्युनिटी सेन्ट्रल हलमा संचालन भएको मिस नेपाल नर्थ अमेरिका २०२१ को फाइनल प्रतिस्पर्धामा गरिमा ज्ञवालीले शीर्ष उपाधिको ताज पहिरिन सफल भएकी छिन् । उनले प्रतियोगितामा मिस पर्सनालिटी अवार्ड पनि आफ्नो नाममा लेखाउन सफल भइन् । यस अघि सन् २०१२ मा गरिमाले काठमाडौंमा संचालन भएको मिस लिटिल आइडल २०१२ को ताज पहिरिएकी थिइन् ।
१९ प्रतिस्पर्धीहरुको सहभागितामा संचालन भएको तेस्रो संस्करणको मिस नेपाल नर्थ अमेरिकाको प्रतियोगितामा याङ्छेन लामा फस्ट रनर अप तथा सुवेच्छा निरौलाले सेकेन्ड रनर अपको अवार्ड जित्न सफल भएका थिए । प्रतियोगितामा रोशिका गजमेर ट्यालेन्ट, नगमा गुरुङ पपुलर, एलिना राई कम्युनिटी आउटरिच, निमिका थापा स्माइल, सेलिशा नेपाल वेष्ट ड्रेस अवार्डमा विजेता चयन भएका थिए । यसैगरी सुप्रिया फुयाँल डिसिप्लीन, एलिशा गुरुङ राइजिङ स्टार, डिना के.सी. क्याटवाक, चाँदनी लामा वेष्ट स्कीन, उर्जा के.सी. वेष्ट बडी तथा जेनी रावत मिस हेरिटेज विधातर्फ पुरस्कृत भएका थिए ।

मिस नेपाल नर्थ अमेरिका २०२१ को सौन्दर्य प्रतियोगिता अझ सुन्दरीमय बनेको थियो । कारण प्रतियोगिताको कोरियोग्राफर मिस नेपाल वल्र्ड २०१० सदिक्षा श्रेष्ठ थिइन् भने कार्यक्रमको संचालन मिस नेपाल अर्थ २०१० सदिक्षा बज्राचार्यले गरेकी थिइन । यस बाहेक प्रतियोगिताको मेन्टरका रुपमा मिस नेपाल वल्र्ड २०१८ श्रृङ्खला खतिवडा थिइन् भने ग्रुमिङ कोचका रुपमा मिस नेपाल युनिभर्स २०१८ मनिता देवकोटा थिइन् । कार्यक्रममा मिस नेपाल वल्र्ड २०११ मलिना जोशीको पनि विशेष उपस्थिति रहेको थियो । यसैगरी कार्यक्रममा काठमाडौंबाट चर्चित संचारकर्मी एवं अभिनेता सुरज सिंह ठकुरी तथा पर्सनालिटी कोच पूर्ण लामाको पनि उपस्थिति थियो । अमेरिकामा बसोबास गरिरहेका नेपाली युवतीहरुवीचको यो प्रतियोगितालाई शैलेस श्रेष्ठको अगुवाईमा स्थापना भएको ड्रिम्स युनिभर्सल एलएलसी युएसएले आयोजना गर्दै आएको छ । यस अघि सन् २०१८मा मोनिका घले र सन् २०१९ मा श्रृया गजुरेलले मिस नेपाल नर्थ अमेरिकाको उपाधि जितेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय