मिष्टर एण्ड मिस एसईइ आइकन २०२१ को फाइनल प्रतियोगिता सम्पन्न भएको । प्रतियोगितामा निमा तेन्जिङ् शेर्पा मिष्टर तर्फको विजेता चयन भए भने मिस तर्फको विजेताका रुपमा रिभा खनाल चयन भइन् । मिष्टर तर्फका विजेता निमाले वेष्ट सिंगर र मल्टि मिडिया च्वाइसको अवार्ड पनि जितेका थिए भने मिस तर्फका विजेता रिभाले वेष्ट स्पिच, मोस्ट पपुलर र मल्टि मिडिया च्वाइसको अवार्ड पनि जित्न सफल भइन् ।![]()
प्रतियोगितामा सुष्मिता बराल फस्ट रनर चइन भइन् भने मोस्ट डिजर्भिङ अवार्ड सहित सेकेन्ड रनर अप तर्फ संजिता परियार पुरस्कृत भएकी थिइन् । यसैगरी मिस पर्फेक्ट र मोस्ट आइकोनिक आइजको अवार्ड सहित स्तुति न्यौपाने थर्ड रनर अप स्थान ओगट्न सफल भइन् भने कुसुम आले मगर वेष्ट डान्स अवार्ड सहित फोर्थ रनर अप विजेता बनिन् । मिस तर्फको अन्य मुख्य विधामा वेष्ट हेयरको अवार्ड सहित सुप्रिया तामाङ पब्लिक च्वाइस बनिन् भने सुजाता तामाङले मोस्ट फोटोजेनिक र मिस क्याटवाकको अवार्ड जितिन् । यसैगरी टिसा शाक्यले मिस ट्यालेन्टको अवार्ड जितिन् ।![]()
पुरुषतर्फ आकाश श्रेष्ठले मिष्टर ह्यान्डसम र फेसबुक च्वाइसको अवार्ड सहित फस्ट रनर अप स्थान हासिल गरे भने स्यामुअल खड्काले वेष्ट डिसिप्लीन र मोस्ट पपुलर विधाको अवार्ड सहित सेकेन्ड रनर अप स्थानमा विजेता बने । अन्य मुख्य विधातर्फ रोहित रुम्बाले वेष्ट वाकको अवार्ड जित्न सफल भए भने सनिल विश्वकर्मा मोस्ट ट्यालेन्टेड र गोकुल पोखरेल मोस्ट फोटोजेनिक अवार्डको विजेता चयन भएका थिए । आठौं संस्करणको मिष्टर एण्ड मिस एसईइ आइकन २०२१ को फाइनल प्रतिस्पर्धा ललितपुर बालकुमारीस्थित म्युजिक सिटी हलमा सम्पन्न भएको थियो । प्रतियोगिता सुमी बानियाँको कोरियोग्राफी अन्तर्गत एएनपी मिडिया हाउस प्रा.लि.को ब्यानरमा संचालन भएको थियो ।
ADVERTISEMENT


